पोखराः प्रदेश नं. ४ को नाम ‘गण्डकी’ राख्ने विषय लगभग निश्चित भइसकेको छ ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेश नामलाई लाई मान्ने भएपछि उक्त प्रदेशको नाम ‘गण्डकी’ हुने निश्चित भएको हो ।

प्रदेश संसदमा कूल ५९ सदस्य (सभामुख र उपसभामुख सहित) छन् । ५९ मध्ये कम्युनिष्ट पार्टीका ३९, नेपाली कांग्रेसका १५ र जनमोर्चाका ३ मत गण्डकीको पक्षमा देखिएसँगै प्रदेशको नाम गण्डकी रहने निश्चित भएको हो । प्रदेशमा रहेको नयाँशक्ति भने यो नामको विपक्षमा छ उसका २ सांसद्हरु छन् ।

प्रदेश नामको प्रस्ताव आज बस्ने संसद बैठकमा पेश गर्ने सरकारले तयारी गरेको छ ।


। केही दिन संसदमा प्रस्तावबारे छलफल हुने र पारित हुने व्यवस्था छ ।

प्रदेश राजधानी पोखरा राख्ने सहमति भएपनि प्रदेशसभामा प्रदेशको नामका सन्दर्भमा विवाद रहँदै आएको थियो ।