पोखरा: प्रदेश नम्बर ४ को प्रदेश राजधानी र नामांकनसम्बन्धी प्रतिवेदन सोमबार प्रदेश सभामा पेश हुँदैछ ।

सुझावको क्रममा आएको मतलाई आधार मानेर नाम तथा प्रदेश राजधानी पेश गरिदैछ ।

नामको विषयमा केहि फरक मत रहेपनि राजधानी भने कास्की जिल्लाको पोखरा नै हुने लगभग निश्चित प्राय नै भइसकेको छ । प्रदेश ४ मा यसअघि नै यस प्रदेशको राजधानी पोखरा बनाउने विषयमा विवाद थिएन ।

नामका सम्बन्धमा भने अझै एक हुन सकेको छैन । प्रदेशको नाममा सर्वसम्मत नहुने भएपछि जिल्ला जिल्लाबाट लिइएको सुझावका आधारमा प्रस्ताव गरिने भएको छ ।

११ जिल्ला पुगेर सुझाव संकलन गरेको समितिलाई अधिकांश दलका सांसदले भने प्रदेशको नाम गण्डकी राख्न सुझाव दिएका छन् ।


। प्रदेश ४ मा मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले कुनै पनि जातीय आधारमा नाम राख्न नहुने बताउँदै आएका छन् ।