बुटवलः प्युठान जिल्ला अस्पतालले ५० शैयाको स्वीकृति पाएको तीन वर्ष भयो । स्वीकृति पाएअनुसार स्तरोन्नति हुन नसक्दा २५ शैयामै चित्त बुझाउनुपरेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, ती शैया पनि जीर्ण र साँघुरो भवनमा छन् ।

विशेषज्ञ सेवासहित आठजना चिकित्सकको दरबन्दी रहेको अस्पताल तीन मेडिकल अधिकृतको भरमा चलेको छ । एघारौं तहको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी आठौं तहका डाक्टरले निमित्त भएर चलाएका छन् ।

बाल, नसा तथा मानसिक, स्त्री तथा प्रसूति रोग, रेडियोलोजिस्ट, अर्थोपेडिक सर्जन र जनरल सर्जनको दरबन्दी खाली छ । दुई वर्षदेखि लेखा अधिकृत नहुँदा औषधि, उपकरण खरिद प्रक्रिया प्रभावित भएको छ ।


 


प्रकाशित मितिः आइतबार, भदौ २२, ०६:५७