धनगढीः प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

कांग्रेस सांसदले संसद बैठकमा प्रदेस सरकारले ल्याएको आर्थिक वर्ष २०७५/०७६ को बजेट जनमुखी नभएको भन्दै विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

प्रदेश सरकारले नागरिकले तिरेको करको दुरुपयोग हुने गरी बजेट विनियोजन गरिएको, एकलौटी ढगंले योजना छनौट गरेको, बजेट सच्याउन आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नदिएको र खर्च गर्ने कुनै निश्चित मापदण्ड नै नबनाई बजेट प्रस्तुत गरेकाले संसद् बैठक स्थगित गर्नु परेको नेपाली कांग्रेसका सांसदहरुले बताएका छन् । साथै उनीहरुले योजना नबनाए प्रस्तुत भएको बजेट नसच्याउँदासम्म संसदमा विरोध जारी राख्ने समेत बताएका छन् ।


उता प्रदेश सरकारले भने सबै क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गरेको बताएको छ । प्रतिपक्षी दलका सांसदहरुले संसदमा विरोध गरेपछि असार १२ गते ३ बजेसम्मका लागि सांसद स्थगित गरिएको छ ।