धनगढी:  शुक्रबार बसेको प्रदेश ७ को संसद बैठकले संसदीय समितिका दुई सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।

विधायन तथा प्रदेश मामिला समितिमा रहेकी शुशिला बुढाथोकीलाई सामाजिक विकास समितिमा र सामाजिक विकास समितिको सदस्य रहेका सांसद लिलाधर भट्टलाई विधायन तथा प्रदेश मामिला समितिमा तोकिएको हो ।

दुबै सांसदले रुचिअनुसार समितिमा बस्ने निवेदन पेश गरेपछि बैठकबाट जिम्मेवारी हेरफेर गरिएको सभामुख थापाले संसदलाई जानकारी गराएका छन् ।