धनगढी: प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट अस्वस्थ भएका छन ।

उनलाई मंगलबारदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि धनगढीको सेती अञ्चल अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुगेका भट्टलाई त्यहाँ विशष्टि ब्यक्तिको लागि उपचार गर्ने वेडको राम्रो व्यवस्था नभएको भन्दै पुनः उनकै निवासमा ल्याएर उपचार गरिएको छ ।

सेती अञ्चल अस्पतालका आकस्मिक कक्षका प्रमुख कृष्ण बहादुर बोहराले भने, ‘मुख्यमन्त्री ज्यू विहानै अस्पताल आउनुभएको थियो तर अस्पतालमा राम्रो वेड नभएपछि उहाँकै निवासमा उपचार सुरु गरिएको हो ।

मुख्यमन्त्रीलाई ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएको छ ।


। रगत र पिसाव चेक गर्नुका सागै स्लाईपनि चढाएको बताइएको छ ।

यसरी मुख्यमन्त्रीले नै सेती अञ्चल अस्पतालमा आफ्नो लागि उपयुक्त वेड नभएको भन्दै आफ्नै निजी निवासमा उपचार गराउनुले आम जनतामा कस्तौ संन्देश जाला र जनताले अस्पतालमा कसरी स्वास्थ्य उपचार गराउँदै आएका होलान्, कसरी अस्पतालप्रति विश्वास गरेका होलान् ।

अस्पतालको व्यवस्थापन र सेवा विस्तार गर्ने जिम्मेवारी पदमा रहेका व्यक्तिहरुले नै यसरी अस्पताको अवहेलना गर्नु, आफ्नो लागि उपयुक्त वेड छैन भन्नुले उनीहरुको जिम्मेवारी के भन्ने प्रश्न समेत उठ्न सक्दछ । सेती अञ्चल अस्पतालमा १ सय २ र सरकारी दरबन्दीमा एक सय एक गरी २ सय ३ जना कर्मचारी छन् । जसमा विशेषज्ञ चिकीत्सक १२ र बाँकी २० गरी ३२ जना चिकीत्सक र अहिले २ सय १५ शैया छन् ।

सेवा र सुविधाहरु क्रमश थपिदै गएको यस अस्पतालमा विशिष्ट व्यक्तिलाई उपचार गर्ने उपयुक्त वेड छैन भनि घरमा नै उपचार गर्न फर्किनुले के सन्देश दिन्छ यो विषयमा सम्वन्धित पक्ष जिम्मेवारी हुनु आवश्यक छ ।