धनगढी: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सातको संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन्। भट्ट प्रदेश ७ का मुख्य मन्त्री समेत हुन्।

पूर्व माओवादी केन्द्रको तर्फबाट दलको नेता रहेका भट्टलाई नै नेकपाको दलको नेता चयन गरिएको हो। मंगबार संसदीय दलको बैठकले नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावल र लेखराज भट्टसहित नेकपाका प्रदेशसभा सदस्यहरूको उपस्थितमा भट्टलाई दलको नेता घोषणा गरेको हो। दलको उप नेतामा पूर्व एमालेका दलका नेता प्रकाशबहादुर शाह चयन भएका छन्।

शाह प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। प्रमुख सचेतक पूर्व एमालेका तारालामा तामाङ र सचेतकमा पूर्व माओवादी केन्द्रका अक्कल रावल चयन भएका छन्।


। पार्टी एकता पूर्व तामाङ र रावल दुबै प्रमुख सचेत रहेका थिए।