काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामालाई आज सम्बोधन गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका सम्बन्धमा उनले संसदलाई संम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसंग नेपाल-भारतबीचको सम्बन्धलाई थप उचाइमा पर्याउने सहमति भएको संसदलाई जानकारी गराएका  छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सम्बोधनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण क्रममा गरेको भाषण कूटनीतिक मर्यादाविपरीत भएको बताए ।

ओलीले भने,‘ नागरिक अभिनन्दनमा आएका अभिव्यक्ति राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको देखियो ।


।’

शुक्रबार जनकपुर उपमहानगरपालिकाले मोदीलाई अभिनन्दनका लागि विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा मोदीका सामू प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशी समुदायले राज्यलाई विभेद गरेको भन्दै गुनासो गरेका थिए।