काठमाडौंः शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामना सहित पशुुपतिनाथमा विशेष पूजापाठ गरिएको छ ।

पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पशुपतिनाथमा आज पहिलो प्रहरको पुजापाठ गराएका हुन् ।

मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको विशेष पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

यसैगरी, कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस भनेर पशुपतिनाथमा विशेष पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।



प्रकाशित मितिः बुधबार, फागुन २१, १३:०८