काठमाडौंः आज बसेको प्रतिनिधिसभा बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

बैठकले दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासमेत गरेको छ ।

सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री आज त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया भइरहेको छ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



प्रकाशित मितिः बुधबार, फागुन २१, १४:०९