काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

प्रतिनिधिसभाका लागि बिहान ११ बजे र राष्ट्रियसभाका लागि दिउँसो १ बजेका बोलाइएको बैठकका क्रममा सांसद्हरुले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म छलफल चलेको थियो। समय अभावका कारण शुक्रबार नै जवाफ दिन नसकिने भएपछि आजका लागि बैठक बोलाइएको हो।

प्रतिपक्ष दलका सांसद्हरुले आलोचना गर्दै नीति तथा कार्यक्रमका प्राथमिकता र कार्यक्रमको आधारमाथि प्रश्न उठाएका छन्।


। भने , सत्तारुढ दलका सांसद्हरले नीति तथा कार्यक्रमको समर्थन गरेका छन्।

प्रधानमन्त्रीले दिएको जवाफबाट चित्त नबुझ्ने सांसद्हरुले पुन: स्पष्टीकरण सोध्ने मौका पाउनेछन् ।त्यसपछि पनि आएको प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम पारित हुनेछ।