काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार गर्ने भनिएको सम्बोधन स्थगित भएको थियो ।चीनको ६ दिने भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदलाइ सम्बोधन गर्न लागेका हुन ।

मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत मन्त्रालयगत छलफल हुने कार्यक्रम अनुरुप ओलीले आज दिउँसो २ बजे संसदलाई सम्बोधन कार्यक्रम गर्ने  छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तयारी नपुगेपछि स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।