काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आज बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।
दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।
यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।
। पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।
प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, ११:२७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook