काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ सवारी हुने बाटोको निरिक्षण गरेका छन् ।

सी को स्वागतका लागि तयारी गरिएको बाटोको प्रधानमन्त्रीले निरिक्षण गरेका हुन् ।

प्रधानमन्त्रीले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटलसम्मका बाटाहरु निरीक्षण गरेको बताइएको छ ।

यसैगरी, सी को सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।

राष्ट्रपति सीको भ्रमणलाई सरकारले अत्याधिक महत्व दिँदै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


। राष्ट्रपति सी को सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, १०:४१