काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव वैद्यले भने, ‘राजा–महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउनु भएको छ त्यो धेरै दिन टिक्दैन र यसले देशको हित गर्दैन ।’

महासचिव वैद्यले करि १३ अर्ब व्यापार घाटा रहेको मुलुकमा विकास र समृद्धिको नारा उराल्न प्रधानमन्त्री ओलीले नसुहाउने तर्क गर्दै उनले उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा नलगाउन आग्रह गरे ।

जनयुद्धका महान सहिदहरुको सपनामाथि गम्भिर आघात पारेको भन्दै महासचिव वैद्यले पुष्पकमल दाहालको पनि आलोचना गरेका थिए ।