काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो ४ः२५ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दशैं लगायतका विषयमा सम्बोधन गर्नेछन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १५:११