काठमाडौंः लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार सर्वपक्षीय बैठक बोलाएका छन् ।

भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन् ।

बालुवाटारमा बस्ने बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

सरकारले यसअघि नै विज्ञप्ति निकालेर एकपक्षीय नक्सा मान्य नहुने बताएको छ । जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ । तर नेपालमा जनस्तरबाट विरोध जारी छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, सीमा विज्ञहरु तथा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी हुनेछन् ।



प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०८:१८