काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) बिहान ११ बजे बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १३:२७