काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले असार ५ देखि १० सम्म चीनको भ्रमण गर्ने तय भइसकेको परराष्ट्र स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले चीनमा रहँदा बेइजिङ, सिचुवान र तिब्बतको भ्रमण गर्नेछन्।

भारत भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे तयारी सुरु भएको थियो।

ओलीको चीन भ्रमणको विषयमा तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओलीको भारत भ्रमण लगत्तै चीन भ्रमणमा गएका थिए।

यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणकै तयारीका लागि चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल जेठको दोस्रो साता नेपाल आएका थिए।