काठमाडौँः यहि असार पाँच बाट प्रधानमन्त्री केपी ओलीको छिमेकी राष्ट्र चीन भ्रमणमा करिब एक दर्जन सम्झौता हुने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा रसुवागढी–केरुङ र तातोपानी–खासा नाकामा पुल निर्माण, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा सरकारी तथा निजी साझेदारी भएको छ ।

सातै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माण खाद्यान्न ढुवानीका निम्ति तिब्बतका राजमार्ग उपयोग गर्न ८ वटा सीमा नाकाले पहुँच पाउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।


। त्यस्तै केरुङ–काठमाडौं रेलमार्ग निर्माणका प्रक्रिया तथा दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापनाबारे पनि सहमति हुनेछ ।

उक्त संयन्त्रले दुईदेशीय विभिन्न स्तरमा छलफल गर्दै आपसी सम्बन्ध उचाइमा लैजाने समेत उनले बताए छन।

ज्ञवालीले भूकम्पपछि नेपालको पुनर्निर्माण घोषित सहयोग रकमको उपयोग र कामलाई तीव्र रूपमा अघि बढाउनेबारे पनि छलफल हुने बताए । करिब एक हजार मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी क्यास्केट जलविद्युत् आयोजनामा चीनको निजी क्षेत्रले लगानी गर्ने विषय पनि छलफलमा छ ।

नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआईजी कम्पनीबीच मस्र्याङ्दीका विभिन्न स्थानमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने समझदारीमा हस्ताक्षरको तयारी छ ।

यसैविच निकै चर्चामा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे नेपाल अझै स्पष्ट हुन नसकेकाले यसमा लामो छलफल हुनेछ ज्ञवालीको भनाइ छ।