काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर एकको प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रदेशको अस्थायी राजधानी बिराटनगरमा प्रधानमन्त्री ओलीको सम्बोधन रहने प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । बिहान ११ बजेदखि सुरु हुने भनिएको उक्त बैठकमा सम्बोधन गर्न प्रधानमन्त्री ओली बिराटनगर पुगिसकेका छन् ।

यसअघि ओलीले प्रदेश ५ र ३ मा सम्बोधन गरिसकेका छन् ।

यदपी उनको सम्बोधनमा नेपाली कांग्रेसले भने विरोध जनाउँने बताउँदै आएको छ । कांग्रेसले तरुण दलका जिल्ला अध्यक्षको पक्राउ विषयलाई लिएर असन्तुष्टि ब्यक्त गर्दै आएको हो ।