काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा सहमति भएको थियो ।

चीन भ्रमणमा जानुपूर्व पनि ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे सांसद्मा जानकारी दिएका थिए ।