काठमाडौं : प्रधानमन्त्रीको निजी सचिवालयले महिनामा दुई दिन आफ्ना कार्यकर्तासँग भेटघाट गर्नेगरी प्रधानमन्त्रीको समय निर्धारण गरेको छ ।

हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने, हरेक शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागिता जनाउने गरि प्रधानमन्त्री ओलीले सांसद, आफ्नो पार्टीका कार्यकर्ता तथा संघीय संसद्मा प्रतिनिधित्वका लागि आफ्नो समयतालिका निर्धारण गरेका हुन।

ओलीलाई अब आफ्ना कार्यकर्ताले हरेक महिनाको १ र १५ गते मात्र भेटघाट गर्न पाउने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्ताका लागि महिनाको दुई दिन समय छुट्याएका छन् ।


ओलीले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्यालय र १५ गते पेरिसडाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्न पाउने प्रधानमन्त्रिको सचिवालयले जनाएको  छ।