काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।
यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप खोप लगाउने योजना मन्त्रालयको छ । १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि आइतबारदेखि नै खोप लगाइने सचिव अर्यालले जानकारी दिए ।
।
प्रकाशित मितिः २०७७ साल फागुन २२ गते शनिबार, १४:३२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook