काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड–१९ खोप केन्द्रको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुभारम्भ भएको कोभिड–१९ खोप केन्द्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले आज बिहान खोप लगाएर शुभारम्भ गरेको उक्त खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ ।

साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको अस्पतालले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १७:२५