काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः सचिवालय बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।

प्रचण्डसहित पाँच सचिवालय सदस्यले लिखित पत्र नै बुझाएर अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए । गत शनिबार बैठक बसेर कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले उक्त माग गरेका थिए ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, ११:४६