प्रधानमन्त्री ओलीले राष्ट्रघात गरेको भन्दै नेविसंघ आर आरबाट विरोध प्रदर्शन







काठमाडौंः नेपाली कांग्रेसको भातृसंगठन नेविसंघ आर आर क्याम्पसले  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीविहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै नेविसंघ आर आरले क्याम्पसको गेटबाट प्रदर्शन सुरु गरि फनपार्कमा कोणसभामा परिणत भएको छ ।

सदनमा प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसको भातृ संगठन नेवि संघ आर आरले मोदीको भ्रमणका क्रममा प्रदेश २ मा चरम कुटनीतिक मर्यादा


उल्लंघन भएको, जनकपुर उपमहानगरको साँचो मोदीलार्इ बुझाएको, भारतीय सेनाका कमाण्डों र हेलिकप्टर खुलेआम नेपाल आउन दिएको भन्दै विरोध प्रदर्शन गरिएको नेविसंघ आर आरले जनाएको छ ।

साथै कोणसभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरुले भारतीय सञ्चारमाध्यमलाई एकलौटी प्रवेश दिनु र नेपाली सञ्चार माध्यमलाई रोक लगाईनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

नेपाली भूमिमा भारतीय सेनाको सुरक्षा गस्ती लज्जास्पद भएको भन्दै सरकार भारतीय इशारामा चलेको आरोप उनीहरुले लगाए ।




ताजा समाचार


विशेष समाचार