काठमाडौंः प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
संसदीय दलको बैठक बोलाएको शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरू उपस्थित हुने/नहुने टुङ्गो छैन ।
यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक नेपाल समूहले बहिस्कार गरेको थियो ।
प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, १४:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook