काठमाडौंः चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा अन्य सरोकारवाला विज्ञहरुसँग सल्लाह गरेका छन ।

उनले पूर्वप्रधानमन्त्रीहरुलाई नेपालको तर्फबाट कस्ता विषय प्रस्तुत गर्ने भनेर सुझाव माग्नुका साथै भ्रमण तयारीबारे जानकारी पनि गराएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति सी को आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको जानकारी दिएका छन् ।

ज्ञवालीले सुपर्दगी सन्धि एजेण्डामा नै नरहेको जानकारी गराएका थिए ।


राष्ट्रपति सी शनिबार नेपाल आउँदैछन् ।

छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १३:४६