काठमाडौंः प्रधानमन्त्री तथा नवगठित नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।
असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओली भारत भ्रमण लगत्तै चीन भ्रमणमा जाने भनिएपनि उनले दुई वाम पार्टीबीचको एकताको संन्देश लिएर मात्र चीन भ्रमणमा निस्कने बिभिन्न कार्यक्रमहरुमा बोल्दै आएका थिए ।
पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook