काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी आइतबार बिहान ११ बजे स्वदेश फर्किँदै छन्।

असार ५ मा चीनको औपचारिक भ्रमणमा प्रस्थान गरेका प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी ल्हासाबाट काठमाडौं फर्किने छन्।

चीनमा भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ  प्रधानमन्त्री लि खछ्याङलगायतसँग उच्च स्तरीय भेटवार्ता गरेका थिए। भ्रमणमा क्रममा नेपाल र चीन बीच विभिन्न १० क्षेत्रमा सम्झौता भएको छ।

सम्झौतामा रेलमार्ग, ऊर्जा, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य रहेका छन्।