काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनापछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाकाबीच पहिलो पटक आज भेट भएको हो । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्नका लागि पहल गरिरहेको तर समय नमिलेको बताएका थिए ।

त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

झण्डै २ घण्टा बढी छलफल भएको जनाइएको छ ।

कार्यपालिका र व्यवस्थापिका प्रमुखका बीचमा लामो समय छलफल नभएको अवस्थामा आज भएको छलफलले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, १८:३६