काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा स‌ंघीय संसदको बजेट (वर्षे) अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस्तै भेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा पनि कुराकानी भएको छ ।

कोरोना भाइरसका कारण हिउँदे अघिवेशन चैत २४ गते अन्त्य भएको थियाे । वर्षे अधिवेशन आव्हान हुन सकेको छैन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।


आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेज ल्याउन सरकारलाई दबाब छ । जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १७, ११:३९