काठमाडौं: एक सय ११ जना सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री केपी ओली मंगलबार पाँच दिवसीय औपचारिक चीनको भमणमा प्रस्थान गर्दै छन् ।

टोलीमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य सहित मन्त्री, सांसद, विज्ञ, निजी सचिव, उद्योगी व्यवसायी, बैंकर र पत्रकारहरू पनि रहेका छन् ।

गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली र निजी सहयोगी राजेश शाक्य रहेका छन् ।


टोलीमा सांसदहरू जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्रकुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी, नैनकला ओझा र सुरेन्द्रकुमार यादव टोलीमा रहेकाछन् ।

भ्रमण टोलीमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई पनि जाने छन् । त्यस्तै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी मिश्र राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, शेखर गोल्छा, हरिभक्त शर्मा लगायतका व्यापारीहरूका साथै विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरू पनि रहेका छन् ।