काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रधानमन्त्री कप प्रतियोगितामा क्लबले प्रदेश नम्बर १ लाई १०६ रनले हराउँदै त्रिभुवन आर्मी क्लव बिजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताको समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कप्तान बिनोद भण्डारीले उत्कृष्ट ब्याटिङमा सफलता हासिल गरेको हो ।

वर्षाका कारण ४५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो । २२६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १, २९.३ ओभरमा ११९ रनमा अलआउट भयो ।


प्रदेश १ को इनिङ धराशायी बनाउने क्रममा आर्मीका शुसान भारीले ४ विकेट लिए । ६.३ ओभरमा बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए । त्यस्तै सोमपाल कामी, सागर पुन र साहव आलमले पनि २–२ विकेट लिए ।