काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा प्रदेश ७ र सशस्त्र प्रहरी बल विजयी भएका छन् । कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई  २ विकेटले पराजित गरेको छ भने मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफ ९ विकेटले विजयी भएको छ ।

टस जितेर ब्याटिङ गरेको प्रदेश तीन ३३.३ ओभरमा ११६ रनमा अलआउट भयो । उसका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ४० रन बनाए भने सोनु तामाङले २९ र सञ्जय बस्नेतले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् । प्रदेश ३ लाई सस्तैमा समेट्नका लागि शेर मल्लले ४ विकेट लिए ।


। बलरहरु चम्किएको खेलमा विकास आग्रीले ३ विकेट लिए भने विनोद लामाले १० ओभरमा पाँच मेडन राख्दै १ विकेट लिएर उत्कृष्ट बलिङको नमुना प्रस्तुत गरे ।

प्रदेश ७ का लागि सन्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन जोडे । प्रदेश ३ का जितेन्द्र ठकुरी र सागर ढकालले २–२ बिकेट लिए । किशोर महतो, प्रतिश जीसी र सन्जय बस्नेतले एक–एक विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफ ९ विकेटले विजयी भयो । वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिला भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले ४७ ओभरमा अलआउट हुँदै १२७ रन जोड्न सफल भयो । प्रदेश  एकका लागि सन्दीप ढुंगानाले २९, मनिष थापाले २७,  कप्तान पुष्प थापाले २०, सन्नी पुनले ११ र विवेक मेहताले १० रनको योगदान दिएका थिए ।

एपीएफका बलरहरु, अमर रौटेला, करण केसी,  भुवन कार्की र बसन्त रेग्मी सबैले २–२ विकेट लिए । यसैगरी कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए । १२८ रनको लक्ष्य एपीएफले १६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफलाई जिताउन अनिलकुमार साह र पृथु बास्कोटाले एक सय रनको साझेदारी गरे  ।

३० रनको अवस्थामा प्रदीप ऐरी व्यक्तिगत २३ रनमा क्याचआउट भएपछि बास्कोटा र साहले दोस्रो विकेटका लागि साझेदारी गरेका थिए । साहले ६२ रन बनाउँदा अर्को एण्डबाट बास्कोटाले ३२ रन जोडे । एपीएफको एकमात्र विकेट सन्दिप ढुंगानाले लिएका थिए ।