काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादी हुने भने हाउगुजी फैलाइएको बताएका छन्।

शुक्रबारको संसद बैठकमा विनियोजन विधेयकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बच्चाले हाउगुजी देखाएर डराउन दिएजस्तो आशंका र भ्रम पैदा गरिएको बताए। उनले प्रश्न सोध्ने नाममा उल्टापाल्टा प्रश्न सोध्न नहुने उल्लेख गरे।

उनले अधिनायकवाद अहिले हरेक कुरामा मिसाउन मिल्ने तरकारीजस्तो भएको बताए।

‘यो अधिनायकवाद पनि सब्जी भयो। जेमा पनि मिसिन्छ, अचम्मको,’ प्रधानमन्त्रीले भने,‘म आश्वस्त रहन आग्रह गर्दछु।


। लोकतन्त्रका लागि हामी लडेका छौं। किस्तीमा सजाएर कसैले दिएको लोकतन्त्र उपभोग गरेको होइन। हाम्रा शरीरमा ४५/५० वर्षदेखिका घाउ र खत अझै छन्।’

उनले अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धान ब्युरो प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए।

लाइभ –