काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक ढिलागरी सुरु भएको हो।  बैठकमा विषेशगरी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणसँगै राष्ट्रिय राजनीतिको विषयमा छलफल हुनेछ । स्थायी कमिटी बैठकलाई पछिल्लो राजनीतिक गतिविधिका सम्बन्धमा अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन् ।

बैठकले पार्टी नियमावली, विनिमय, निर्देशिका तथा आचारसंहिताको मस्यौदाको विषयमा छलफल गर्दैछ ।


। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाले तीन महिनामा वडातहसम्म एकता गर्ने बताएको छ ।

यद्यपी एक महिनासम्म एकताका लागि केन्द्र बाहेक अन्य क्षेत्रमा ठोस काम हुन सकेको छैन । तत्कालीन एमाले र माओवादी मिलेर जेठ ३ गते नेकपा बनेको हो ।