काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाबीच भेटवार्ता भएको छ ।

आज नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी हुने बताइएको छ ।

हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि हर्षवर्द्धनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, १८:४०