काठमाडौंः प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताए ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले सबै कांग्रेस सांसदहरुसँग पनि दशैं भत्ता फिर्ताको निर्णय गरेका छन् ।


कोरोना महामारीका बेला सांसदहरु र मन्त्रीहरुले दशैं भत्ता लिएको भन्दै आलोचना भएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, २०:५६