काठमाडौंः काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, त्यसका लागि उनले सचिवालयका सबैलाई राजीनामा गर्न भनेका छन् ।

‘आफ्नो कामको सहजताका लागि सचिवालयमा रहेकाहरुले छाडेर सहयोग गरिदिन’ प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाललाई भनेका थिए ।

रिमालले सचिवालयका सबै सदस्यको शुक्रबार बैठक गरी प्रधानमन्त्रीले बाटो सहज बनाइदिन आग्रह गरेको जानकारी गराएका थिए । प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीको मनसाय बमोजिम अब आ–आफ्नो अनुकूलतामा राजीनामा दिँदा सहज हुने धारणा राखेका थिए ।


। प्रधानमन्त्रीको यस्तो सन्देश पाएपछि सचिवालयका सबैले मंसिर १ देखि लागू हुने गरी छाड्ने निष्कर्ष निकालेको स्रोतले बतायो ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:२६