काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्को निर्णयबाट उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पौष १५ गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा. खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उपरथीमा बढुवा भएसँगै डा. खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको छ ।

सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका एक जना महा–सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।



प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, २१:०८