काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ बिन मोहम्मदबीच भेटवार्ता भएको छ ।

आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १९:३३