काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ ।

थापा र राजदूत क्वात्राबीच भेटवार्ता सैनिक मुख्यालय जङ्गी अड्डामा भएको हो ।

भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र राजदूत क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, चैत ५, ०६:५४