काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले
लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १९:२५