काठमाडौंः प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा ‘प्रधान सेनापति ट्रफि–२०७७’ खेलकुद प्रतियोगिताको आज एक समारोहका बीच समुद्‍घाटन गरेका छन् ।

माघ २ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको पृतनाहरुको ८, मद्दती बाहिनीहरुको ५, विशेष फौज वाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागीता रहेको छ ।

प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु भद्रकाली स्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनी स्थित जगदल गण तथा लगनखेल स्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछन् ।


‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारामा आधारित रहेर नेपाली सेना भित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको ‘प्रधान सेनापति ट्रफि’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २२ गते बुधबार, २१:३९