काठमाडौंः प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा र श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुनातिलका तथा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्ताहरुमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।



प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १८:२६