काठमाडौंः प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

किशोर कुमार पन्धाकले निर्देशन गरेको गीतमा परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो ।

खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ ।

‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी, नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ आदिलाई देख्न सकिन्छ ।


भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल माघ १३ गते मंगलबार, १८:०२