काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरुलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष ट्राफिक उज्यालो अभियान मार्फत १ लाख २९ हजार ५१३ जनालाई सचेतना प्रदान गरेको छ ।

यो अभियान प्रभावकारी भएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने, ‘सडक प्रयोगकर्तालाई सडकमै गएर मात्र नभई घर/घरमा, स्कुल/कलेजमा, खेल मैदान आदिमा गएर विभिन्न लक्षित वर्गलाई पायक पर्ने स्थानमा ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि ‘कोर्सु’नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ ।


।’

उनले भने, ‘यस ३ महिने अभियानमा लक्ष्यभन्दा बढी १ लाख २९ हजार ५१३ जनालाई प्रशिक्षित तुल्याएको छ जुनकि अभियानले १ लाख जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको थियो ।’

प्रवक्ता श्रेष्ठका अनुसार यस ३ महिने अभियानमा सार्वजनिक भाडाका सवारी चालक/सहचालक १९ हजार ५६९ जना, नीजि सवारी चालक १ हजार ९५६ जना, मोटरसाइकल चालक २६ हजार ९२० जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री/सर्वसाधरण ६२ हजार ८०१ जना, संघसंस्था १ हजार ८१७ जना र विद्यार्थी १५ हजार ७८१ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षित तुल्याएको छ ।


प्रकाशित मितिः मंगलबार, चैत ४, १२:१५