अफगानिस्तानः अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् ।
तालिबान आतङ्ककारी समूहलाई लक्ष्यगरी गरिएको यस कारबाहीमा उक्त संगठनका एक जना प्रमुख कमाण्डरसहित छ आतङ्ककारी मारिएका छन् ।
सो कारबाहीमा परी कमाण्डर मुल्लाह करिम मुख्लिसको मृत्यु भएको अफगान गृह प्रशासनले जानकारी दिएको छ ।
अफगानिस्तानमा आतङ्ककारीको बढी प्रभाव रहेको इलाकालक्षित हवाई कारबाहीमा अफगान सेनालाई नेटो र अमेरिकी सेनाको सहयोग रहँदै आएको छ ।
पछिल्लो समयमा यहाँका आतङ्ककारीले सर्वसाधारण नागरिक र सुरक्षा निकायलाई लक्ष्य गरेर आक्रमणलाई तीब्र पारेकोले सुरक्षा निकायले पनि कारबाहीलाई सशक्त बनाएको बताइएको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook